Sunday, August 22, 2010

उच्च माध्यमिक शिक्षा परिषद्ले मानेन –अध्यक्ष न्यौपाने

पोखरा, ६ भाद्र । अखिल क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले उच्च माध्यमिक शिक्षा परिषद्ले विद्यार्थी संगठनहरुसंग गरेका सहमती कायान्वयन नगरेको आरोप लगाउनु भएको छ । अखिल क्रान्तिकारीले आइतबार  पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष न्यौपानेले विद्यार्थी संगठन र उच्च माध्यमिक शिक्षा परिषद् विच भएको १३ बुँदे सहमती कार्यान्यन नगरेको भन्दै आन्दोलनमा उत्रिने न्यौपानेले बताउनु भयो ।  

Saturday, August 21, 2010

माई वल्र्ड

आफ्नो अफिसियल वेबसाइट iampriyankachopra.com को शुभारम्भ समारोहलाई सम्बोधन गर्दै बलिउड अभिनेत्री प्रीयन्का चोपरा । तस्विर – एजेन्सी

त्रिवि पदाधिकारी विरुद्ध विद्यार्थी संगठनले मुद्धा दायर गर्ने


काठमाडौँ, ५ भदौ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले सर्वोच्च अदालतको फैसलाको गलत व्याख्या गरेको भन्दै १३ विद्यार्थी सङ्गठनका नेताहरुले विश्वविद्यालयका पदाधिकारीविरुद्ध आइतबार सर्वोच्चमा मुद्धा दायर गर्ने भएका छन् । विश्वविद्यालयका पदाधिकारीहरुले फैसलालाई गलत व्याख्या गर्दै अदालतको मानहानी गरेको भन्दै उनिहरुले मुद्धा दायर गर्ने भएका हुन् ।