Thursday, September 2, 2010

आउँदो भदौ २२ र २३ गते सुनसरीका निजी विद्यालयहरु बन्द

विराटनगर, १८ भदौ । नेपाल संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)सुनसरीले आफ्ना मागहरु प्रति निजी विद्यालयहरुले बेवास्था गरेको भन्दै आउँदो भदौ २२ र २३ गते जिल्लाका निजी विद्यालयहरु बन्द गर्ने भएको छ ।

निजी विद्यालय अर्गनाइजेशन प्याब्सन र एन प्याब्सन संग साउन अन्तिम साता आन्दोलनका क्रममा भएको सहमती अनुसार कुनैपनि काम नभएको भन्दै इस्टु सुनसरीले दुई दिन विद्यालय बन्द गराउने भएको हो ।
इस्टु सुनसरीका अध्यक्ष मनोज खनालले एक प्रेस विज्ञप्ती जारी गरी प्याब्सन र एनप्याब्सनले भदौ १ गते छलफल गरेर निकास निकाल्ने प्रतिबद्धता जनाएपनि त्यसपछि कुनै चासो नकोका भन्दै देखाएपछि आफुहरुले राखेका सेवा सुविधा सम्बन्धी माग पुरा गराउन बाध्य भएर पुनः आन्दोलनमा उत्रिनु परेको जानकारी गराउनु भएको छ ।
उनिहरुको प्रतिबद्धता अनुसार इस्टुले भदौ १ गतेदेखि गर्ने भनेको अनिश्चितकालीन सुनसरीका निजी विद्यालयहरु बन्द कार्यक्रम फिर्ता लिइएको विज्ञप्तीमा जनाइएको छ ।
साथै इस्टुले भदौ २३ गते धरानको भानु चौक र इटहरी चौकमा विरोघ सभा गर्ने, त्यति हुँदापनि प्याब्सन र एनप्याब्सनले माग पुरा गराउन कुनै चासो नदेखाए भदौ २४ गतेदेखि अनिश्चितकालीन निजी विद्यालय बन्द गर्ने चेतावनी समेत दिएको छ ।
इस्टुले निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुलाई नियुक्ति पत्र र दशैं खर्च उपलब्ध गराउनु पर्ने , सरकारी तलब स्केल अनुसार तलब तथा सुविधा र संञ्चय कोषको ब्यवस्था गर्नुपर्ने लगायतका माग गर्दै आन्दोलीत हुँदै आएको छ ।
इस्टुले साउन २५ गतेदेखि पहिलो चरणको आन्दोलन सुरु गरी साउन २८ गते एक दिने निजी विद्यालय बन्द गरीसकेको छ ।
अध्यक्ष खनालले जारी गर्नु भएको विज्ञप्ती अनुसार सुनसरीको इटहरी स्थित जनता माध्यमिक विद्यालयमा भएको इलाका भेलाले भीमप्रसाद गौतमको अध्यक्षतामा २१ सदस्यीय इटहरी इलाका समिति चयन गरेको छ । साथै सुनसरीको झुम्का, दुहबी, खनार, इनरुवा, तरहरा र धरानमा इलाका भेला सम्पन्न भएको विज्ञप्तीमा जनाइएको छ ।

No comments:

Post a Comment