Wednesday, September 15, 2010

पहिलो आकर्षणमा व्यवस्थापन संकाय





'यदि कुशल व्यवस्थापन क्षमता बोकेको छ भने त्यो व्यक्तिले सहजै सबै किसिमका कार्यलाई सफल रूपमा सम्पन्न गर्न सक्छ,' व्यवस्थापन संकायविज्ञ तथा ग्लोबल कलेजका शिक्षक सुरेन्द्र पनेरु भन्छन्- 'त्यसैले विभिन्न विषयमा उच्च शिक्षा हासिल गरिसकेपछि  पनि एमबीए, ईएमबीएजस्ता पाठ्यक्रम अध्ययन गरेर पायोनियर बन्ने ट्रेन्ड विकास भएको छ ।'


त्यति मात्र होइन, रोजगारका दृष्टिकोणले धेरै अवसर सृजना गर्न सक्ने विषयका रूपमा पनि व्यवस्थापन संकाय परिचित छ । बैंक, वित्तीय संस्था, औद्योगिक कम्पनी, व्यापारिक प्रतिष्ठान एवं प्रशासनिक क्षेत्रलगायतमा व्यवस्थापन अध्ययन गरेका जनशक्तिको माग  सधैं हुन्छ । 'व्यवस्थापन संकायमा आएको विविधताले पनि यो संकायको पछिल्ला वर्षहरूमा ह्वात्तै बढेको छ,' पिनाकल कलेजका भाइस पि्रन्सिपल ध्रुवलाल पाण्डे भन्छन्- 'व्यवस्थापन संकायभित्र विकास भएका स्पेसिफेसिक कोर्सहरूले यो संकायमा असीमित क्षेत्र  भएको प्रस्ट पारेको छ ।' 'भेराइटी अफ कोर्स व्यवस्थापन संकाय आकर्षणको एउटा मूल कारण हो,' पनेरु भन्छन्, 'तर यतिलाई मात्र आधार मान्न सकिँदैन । विज्ञानका उपलब्धिलाई नियमन तथा निर्देशन गर्न कुशल व्यवस्थापकको भूमिका हुने भएकाले  यो  संकायको आवश्यकता अझ बढी भएको पुष्टि भएको हो ।'

विश्वका सम्पन्न मुलुकहरूदेखि अल्पविकसित राष्ट्रसम्ममा व्यवस्थापन संकायको स्कोप छ, विकसित मुलुकमा प्रतिस्पर्धाले यो क्षेत्रको अवसर बढाएको छ भने अल्पविकसित मुलुकमा विज्ञान र मानविकी संकाय भन्दा यो क्षेत्रमा रोजगार छ । 'विज्ञान प्रयोगात्मक  विषय भएका कारण हाम्रो जस्तो मुलुकमा विद्यार्थीहरू प्रयोगात्मक शिक्षाभन्दा सैद्धान्तिक शिक्षामा मात्र दक्ष हुन्छन्,' शिक्षक पनेरु भन्छन्, अल्पविकसित राष्ट्रमा व्यवस्थापन संकाय लोकपि्रय हुनुको एउटा कारण यो पनि हो ।

व्यवस्थापन विषयका विज्ञहरू विज्ञान संकायमा सीमित अवसर मात्र भएको बताउँछन्, तर उत्तिकैमा सयौं क्षेत्रमा अवसर सिर्जना गर्न सक्ने क्षमता व्यवस्थापन संकायमा भएको उनीहरूको जिकिर छ । 'असीमित अवसर छन्, साथसाथै चुनौती र फाइदा पनि  उत्तिकै छन्,' बैंकर्स रबिना जोशी बताउँछिन् ।

समाज प्रतिस्पर्धी हुँदै गएकाले पनि कुशल व्यवस्थापनको भूमिका आवश्यक हुन्छ । त्यसैले कुशल व्यवस्थापक बन्ने लक्ष्य लिएर व्यवस्थापन संकायमा उच्च शिक्षा हासिल गरेकाहरूले आफ्नो ज्ञानका आधारमा जीविकोपार्जनको राम्रो अवसर प्राप्त गर्छन् ।  इच्छाशक्ति राखेर यो क्षेत्रमा केही  गर्छु भन्नेहरूले आफ्नो क्षमता प्रदर्शन गर्न व्यवस्थापन संकाय रोजाइमा राख्न सक्छन् ।

शिक्षक पनेरुका अनुसार अहिले इन्जिनियर, डाक्टर वा पाइलटहरूभन्दा पनि व्यवस्थापन संकायका जनशक्तिले धेरै आम्दानी हासिल गर्न सक्छन् । शैक्षिक दृष्टिकोणले पनि विज्ञान संकाय महँगो मानिन्छ । भौतिक विज्ञानमा स्नातकोत्तर गरेकाहरूको उदाहरण दिँदै  बैंकर्स कमल ज्ञवाली भन्छन्- 'उनीहरू कोर थ्योरीमा दक्ष भए पनि व्यावहारिक शिक्षामा सफल हुन नसकेपछि मुलुकबाटै पलायन भएका छन्, साइन्टिफिक रिसर्चका लागि दसौं करोड खर्चिनुपर्ने भएकाले त्यो अवसर नेपालमा नभएपछि उनीहरू प्राध्यापन वा  शिक्षण पेसामा जानुको विकल्प रहँदैन ।' डाक्टर, इन्जिनियर बनेकाहरूले पनि पहिलाजस्तो सहजै सहरमा स्थापित हुन अहिले सजिलो छैन ।

सामान्यतः प्रवेशिका उत्तीर्णहरूमा पनि व्यवस्थापन संकाय अध्ययन गर्न चाहने विद्यार्थीहरूको संख्या धेरै हुने गरेको छ, त्यसमा पनि बजारले व्यवस्थापन संकायका जनशक्ति खोज्न थालेपछि यो संकायको स्कोप बढेको हो । विद्यार्थी धेरै हुने भएकाले पनि यो विषय  अध्ययन गराउने कलेजको सङ्ख्या उल्लेख्य छ । 

इन्टरनेटमार्फत हुने विश्व व्यापारमा व्यवस्थापन अध्ययन गरेका जनशक्तिको माग अत्यधिक छ । ई-कमर्स भनिने यस प्रकारको व्यापारमा बिजनेस टु बिजनेस, बिजनेस टु कन्जुमरको नीतिअनुसार व्यापारिक कारोबार हुने गरेको छ । इन्टरनेटको प्रयोगले भू- मण्डलीकरण हुँदै गएको विश्वलाई व्यवस्थापन प्लस कम्प्युटरको ज्ञान भएको जनशक्ति उपयोगी देखिएको छ  ।

व्यवस्थापन संकायलाई समय उपयोगी बनाउन नेपाली विश्वविद्यालयहरूले पनि यसको पाठ्यक्रममा सुधार गर्दै लगेका छन् । त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयमा व्यवस्थापनअन्तर्गतका थुप्रै विषय  अध्यापन हुन्छन् । चारवटै विश्वविद्यालयले ब्याचलर इन बिजनेस एड्मिनेस्ट्रेसन -बीबीए), कमर्स स्टडी, चार्टर्ड एकाउन्टेन्सी, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म, हेल्थ म्यानेजमेन्ट, पब्लिक एडमिनिस्ट्रेसन, इन्फरमेशन म्यानेजमेन्ट, ग्रामीण विकास  व्यवस्थापनजस्ता नयाँ पाठ्यक्रममा थप्नुले यसलाई पुष्टि गर्छ ।

व्यवस्थापन संकाय अध्ययन गरेकाहरूले अहिले बैंक, वित्तीय क्षेत्र, व्यापारिक संस्था, वित्तीय प्रमुख, प्रशासन प्रमुख, परामर्शदाता कार्यालयमा व्यवस्थापक, राष्ट्रिय-अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा व्यवस्थापक आदि भूमिकामा कार्य गरिरहेका छन् । प्रोजेक्ट बेस डे भलपमेन्टदेखि व्यापारिक संस्थालाई स्थापित गर्न, त्यसलाई म्यानेज गर्न र विकासको बाटोमा लैजान नेतृत्वदायी भूमिकामा व्यवस्थापन संकायका विद्यार्थीको भूमिका हुने पनेरूले बताए ।

विज्ञ पाण्डेका अनुसार मेडिकल कलेज, नर्सिङ होम, इन्जिनियरिङ कन्सल्टेन्सीलाई सफल रूपमा सञ्चालन गर्न व्यवस्थापन संकायकै दक्ष जनशक्तिको आवश्यकता पर्छ । पाण्डे भन्छन्, अहिले मिडिया हाउसहरूका लागि पनि बीबीए वा एमबीए जनशक्ति चाहिनुको  कारणले पनि यसलाई पुष्टि गर्छ । व्यवस्थापन संकायअन्तर्गत नै अर्थशास्त्र लिएर पढेको जनशक्ति जसमा अनुसन्धानमुखी क्षमता छ भने त उसले अहिले सबैभन्दा बढी तलब पाउँछ । विविधताकै कारण कम्प्युटर टेक्नोलोजीमा म्यानेजमेन्टका विषयहरू मिसाएर  बनाइएका पाठ्यक्रम लोकपि्रय भएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयले व्यवस्थापन संकायअन्तर्गत बिजनेस एडमिनिस्ट्रेसन, कमर्स स्टडिज, ट्राभल एन्ड टुरिज्म, होटल म्यानेजमेन्ट, फेसन डिजाइन, हस्पिटालिटी एन्ड क्याटरिङ, एक्जुकेटिभ मास्टर अफ बिजनेस एडमिनेस्ट्रेसन -ईएमबीए), टुरिज्म स्टडिज, पब्लिक  एडमिनेस्ट्रेसन, होटल एन्ड हस्पिटालिटी म्यानेजमेन्टको पनि  अध्यापन गराउँछ ।

त्यसैगरी काठमाडौं विश्वविद्यालयअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टले मास्टर्स अफ बिजनेस एडमिनिस्ट्रेसन -एमबीए), एक्जुकेटिभ मास्टर अफ बिजनेस एडमिनेस्ट्रेसन, मास्टर इन म्यानेजमेन्ट अध्यापन गराउँछ । छोटो समयका तालिम कार्यक्रमहरू पनि स्कुल  अफ म्यानेजमेन्टअन्तर्गत सञ्चालन गरिन्छ । त्यसैगरी एकवर्षे प्री-एमबीए कक्षा पनि सञ्चालन गरिन्छ । यो कोर्सले दुईवर्षे स्नातक गरेका विद्यार्थीहरूलाई एमबीए अध्ययनमा प्रवेश गर्न सजिलो बनाउँछ । यो स्कुलअन्तर्गत पोस्ट ग्राजुएट इन सेक्युरिटी म्यानेजमे न्टको कक्षा पनि सञ्चालन हुन्छ ।

पोखरा विश्वविद्यालयले व्यवस्थापन संकायअन्तर्गत ब्याचलर अफ बिजनेस एडमिनेस्ट्रेसन -बीबीए), ब्याचलर अफ बिजनेस एडमिनेस्ट्रेसन इन बैंकिङ एन्ड इन्स्युरेन्स -बीबीए बीआई), ब्याचलर अफ कम्प्युटर एप्लिकेसन -बीसीए), ब्याचलर अफ कम्प्युटर इन्फर्मेसन  सिस्टम -बीसीआईएस), ब्याचलर अफ होटल म्यानेजमेन्ट -बीएचएम), ब्याचलर अफ ट्राभल एन्ड टुरिज्म म्यानेजमेन्ट -बीटीटीएम), ब्याचलर

अफ हेल्थ केयर म्यानेजमेन्ट 

-बीएचसीएम), मास्टर अफ बिजनेस एडमिनेस्ट्रेसन -एमबीए), मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसन एक्जुकेटिभ -एमबीए-एक्जुकेटिभ), मास्टर अफ हेल्थ केयर म्यानेजमेन्ट -एमएचसीएम), मास्टर अफ कम्प्युटर इनफरमेसन सिस्टम

-एमसीआईएस), पोस्ट ग्राजुएट डिप्लोमा इन हेल्थ केयर म्यानेजमेन्ट -पीजीडीएचसिएम) तथा पोस्ट ग्राजुएट डिप्लोमा इन कम्प्युटर एप्लिकेसन्स -पीजीडीसीए)  का पाठ्यक्रममा अध्यापन गराउँछ ।

बीसीआईएस, बीआईएम, बीआईटी

पोखरा विश्वविद्यालयको ब्याचलर अफ कम्प्युटर इन्फरमेसन सिस्टम -बीबीआईएस) को पाठ्यक्रम चार वर्षको हुन्छ । सेमेस्टर प्रणालीअनुरूप आठ सेमेस्टर अध्ययन गर्नुपर्ने उक्त विषय व्यवस्थापन संकायमा समावेश भएको पछिल्लो विषय हो । बीसीआईएसका  पाठ्यक्रममा सूचना प्रविधि र व्यवस्थापन दुवै विषय समावेश गरिएका छन् । उक्त विषयलाई हाल निजी क्षेत्रका कलेजले अध्यापन गराइरहेका छन् । 'प्राविधिक व्यवस्थापक' उत्पादन गर्ने यो विषयमा आजभोलि धेरै विद्यार्थी आकषिर्त भएका छन् । सिस्टम  एनालाइसिस्ट, इन्फरमेसन एनालाइसिस्ट, डाटावेस म्यानेजर, नेटवर्क एडमिनिस्ट्रेटर्सजस्ता पदमा यस प्रकारको जनशक्तिको माग हुने गरेको छ । यस्तै बीआईएम कोर्समा उच्च शिक्षा हासिल गरेकाहरूले पनि राम्रो रोजगारी पाएको प्राइम कलेजका पि्रन्सिपल नरेश  श्रेष्ठ बताउँछन् ।  बीआईएम त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम हो । त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयको बीआईटी कोर्स पनि लोकपि्रय छ ।

हेल्थकेयर म्यानेजमेन्ट

अस्पताल राम्रोसँग सञ्चालन गर्न राम्रा चिकित्सकहरू मात्र भएर पुग्दैन, अस्पताललाई सही रूपमा व्यवस्थित गर्न दक्ष व्यवस्थापकको पनि उत्तिकै भूमिका हुन्छ । स्वास्थ्यको क्षेत्रमा यस्ता कार्यक्रमलाई संयोजन गर्न पनि 'हेल्थ केयर म्यानेजमेन्ट' अध्ययन गरेको  हुनुपर्छ । पोखरा विश्वविद्यालयको सम्बन्धनमा कलेजहरूले यो विषय अध्यापन गराउँदै आएका छन् । हेल्थ केयर म्यानेजमेन्टमा तीनवर्षे स्नातक र दुईवर्षे स्नातकोत्तर तहको अध्यापन हुने गरेको छ । 

बीबीए, एमबीए एन्ड इएमबीए 

बीबीए -ब्याचलर अफ बिजनेस एडमिनेस्ट्रेसन) तथा एमबीए -मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसन) नेपालका चारवटै विश्वविद्यालयमा अध्यापन हुने गरेको छ । बिजनेस स्टडीलाई अझ परिमार्जित गरेर यो पाठ्यक्रम ल्याइएको हो । प्रयोगात्मक र सैद्धान्तिक दुवै लाई समायोजन गरिएको यो पाठ्यक्रमले आधुनिक व्यावसायिक ज्ञान दिने विज्ञहरू बताउँछन् ।

यस्तै कर्पोरेट तथा अन्य प्रशासनिक क्षेत्रमा एक्जुकेटिभ मास्टर अफ बिजनेस एडमिनेस्ट्रेसन -ईएमबीए) गरेका विद्यार्थीको माग बढ्दो छ । व्यवस्थापन संकायको पृष्ठभूमि नभएकाहरूलाई लक्षित गरेर तयार भएको यो पाठ्यक्रमले व्यवस्थापनसम्बन्धी उच्चस्तरको  ज्ञान प्रदान गर्छ । काठमाडौं, पूर्वाञ्चल र पोखरा विश्वविद्यालयले एक्जुकेटिभ मास्टर अफ बिजनेस एडमिनेस्ट्रेसनसम्बन्धी पाठ्यक्रममा अध्यापन गराउँछन् ।

विभिन्न औद्योगिक एवं व्यावसायिक प्रतिष्ठानमा गएर प्रयोगात्मक अध्ययन गर्नुपर्ने भएकाले यी विषय अध्ययन गरेका विद्यार्थीहरूले अध्ययनपश्चात रोजगारी पाउने सम्भावना प्रबल हुन्छ । यो विषयको अध्ययन गर्ने विद्यार्थीले व्यावसायिक क्षेत्रमै रहेर 'प्रोजेक्ट वकर् ' तयार गर्नुपर्छ । बीबीए कोर्स अध्ययन गर्दा विद्यार्थीले पाउने ग्रेडिङ सिस्टम विश्वविद्यालयपिच्छे फरक छ । काठमाडौं विश्वविद्यालय अन्तर्गत कुसोम, नेपाल कलेज अफ म्यानेजमेन्ट, त्रिभुवन विश्वविद्यालयमा शंकरदेव क्याम्पस आदि दर्जनौं कलेजमा बीबीए  अध्यापन हुन्छ ।

सीए, एसीसीए

सीए अर्थात् चार्टड एकाउन्टेन्ट अध्ययनका लागि म्याथम्याटिक्स बेस बेस्ट हुनु आवश्यक छ । सीए एकेडेमिक कोर्स नभए पनि यसलाई एकेडेमिक मान्यतासरह मानिन्छ । विद्यार्थीले दुई चरणमा परीक्षा लेख्ने यो कोर्समा उत्तीर्ण हुन निकै मेहनत गर्नुपर्छ । नेपालमा  प्राइम चार्टड एकेडेमी नयाँ बानेश्वर, सीसीएमए पुतलीसडक, सीएआई पुतलीसडक, इन्स्िटच्युट अफ चार्टड एकाउन्टेन्सी आईक्यान तथा एसीसीएमा सीएको कोर्स गर्न सकिन्छ । सीएको पाठ्यक्रममा म्थाथम्याटिक्सका अतिरिक्त इकोनोमिक्स, एकाउन्टेन्सी, बिजनेस  ल, कर्पोरेट ल, बिजनेश कम्युनिकेसन, इन्फरमेसन टेक्नोलोजी, म्यानेजमेन्ट एन्ड अर्गनाइजेसनल आदि विषय अध्ययन गर्नुपर्छ ।

बीएचएम/बीटीटी

पछिल्लो वर्षमा लोकपि्रयता पाएको कोर्समा बीएचएम अर्थात् ब्याचलर इन होटल म्यानेजमेन्ट एक हो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेसनल एकेडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी म्यानेजमेन्ट कलेज रविभवन -नाथम) ले यो कोर्समा अध्यापन गराउँछ । यो  कोर्स गरेकाहरूले मुलुकभित्र मात्र होइन, मुलुकबाहिर पनि राम्रो अवसर पाउँछन् । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत कान्तिपुर होटल म्यानेजमेन्ट कलेज बुद्धनगर तथा ह्वाइट हाउस कलेज खुमलटारले पनि यो कोर्समा अध्यापन गराउँछन् । त्यस्तै विदेशी  विश्वविद्यालयको सम्बन्धन लिएर बीएचएम गराउने कलेज पनि थुप्रै छन् ।

No comments:

Post a Comment