Sunday, August 22, 2010

उच्च माध्यमिक शिक्षा परिषद्ले मानेन –अध्यक्ष न्यौपाने

पोखरा, ६ भाद्र । अखिल क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले उच्च माध्यमिक शिक्षा परिषद्ले विद्यार्थी संगठनहरुसंग गरेका सहमती कायान्वयन नगरेको आरोप लगाउनु भएको छ । अखिल क्रान्तिकारीले आइतबार  पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष न्यौपानेले विद्यार्थी संगठन र उच्च माध्यमिक शिक्षा परिषद् विच भएको १३ बुँदे सहमती कार्यान्यन नगरेको भन्दै आन्दोलनमा उत्रिने न्यौपानेले बताउनु भयो ।  

उच्च माध्यमिक शिक्षा परिषद्ले नीजि उच्च माविलाई नगरपालिका भित्र स्वीकृर्ति नदिने सहमती भएको भएपनि त्यसको उल्घन गर्दै स्वीकृर्ति दिएको, उच्च माविको नाम र ठाउँ सारी गरेको बताउदै आन्दोलनका कार्यक्रम अगाडि बढाउने जानकारी दिनु भएको छ । त्यसैगरि त्रिभुवन विश्वविद्यालयबाट प्रमाणपत्र तह खारेज पछि शिक्षामा ब्यापारीकरण बढेको भन्दै त्यसलाई रोक्न आन्दोलन आवश्यक भएको स्पष्ट पार्नुभयो ।   
अध्यक्ष न्यौपानेले नीजि उच्चमाविले शिक्षाका नाममा बह्मलुट मच्चाएको आरोप लगाउनु भयो । “उच्च माविलाई स्वीकृत नदिने सहमती विपरीत नामसारी, ठाँउ सारी गर्ने नाममा लाखौ रुपैयाँ ठगी गरेका छन् ।” न्यौपानले एक महिना एक  ठाँउमा संचालन भएको विद्यालय एक महिना पछि अर्कौ ठाँउमा सार्ने काम भएको भन्दै जग्गा ब्यापारी र नीजि विद्यालयका संचालक उस्तै भएको आरोप लगाउनु भयो । “जग्गा ब्यापारी र शिक्षा ब्यापारी उस्तै भए उनिहरु विच कुनै फरक छैन्, शिक्षाका नाममा ब्यापार गरेका छन् ।” 

No comments:

Post a Comment