Thursday, September 2, 2010

ज्वरोका कारण दुई विद्यार्थीको मृत्यु, विद्यालय बन्द

कावासोती, १७ भदौ । नवलपरासीको नारायणी गाविसमा  भाइरल ज्वरोका कारण दुई विद्यार्थीको मृत्यु भएपछि  विद्यालयको पठनपाठन बन्द भएको छ ।
े वर्षाका कारण प्रदूषित पानी पिउनाले अधिकांश विद्यार्थी बिरामी परेकाले जनता उच्च माध्यमिक विद्यालय बन्द भएको हो ।


ज्वरोले कक्षा ६ मा पढ्ने जानकी कुमाल, र अङ्गे्रजी माध्यमको युकेजीमा पढ्ने दिपेन अधिकारीको मृत्यु भएपछि  बिहीबार देखि तीनदिन विद्यालय बन्द गर्ने निर्णय गरेको विद्यालयका प्राचार्य भरत तिवारीले बताउनुभयो ।

ज्वरोका कारण विद्यालयमा समेत विद्यार्थीको कम उपस्थिति भएकाले विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेका हौं प्राचार्य तिवारीले भन्नुभयो । सात सय विद्यार्थी रहेको विद्यालयमा मुस्किलले तीन सयको हाराहारीमा विद्यालय आउन थालेको र सबै विद्यार्थी ज्वरोका कारण विद्यालय आउन नसकेको अभिभावकले जानकारी गराएकाले विद्यालय बन्द गराएको उहाँले जानकारी दिनुभयो ।

No comments:

Post a Comment