'यदि कुशल व्यवस्थापन क्षमता बोकेको छ भने त्यो व्यक्तिले सहजै सबै किसिमका कार्यलाई सफल रूपमा सम्पन्न गर्न सक्छ,' व्यवस्थापन संकायविज्ञ तथा ग्लोबल कलेजका शिक्षक सुरेन्द्र पनेरु भन्छन्- 'त्यसैले विभिन्न विषयमा उच्च शिक्षा हासिल गरिसकेपछि पनि एमबीए, ईएमबीएजस्ता पाठ्यक्रम अध्ययन गरेर पायोनियर बन्ने ट्रेन्ड विकास भएको छ ।'