Saturday, August 21, 2010
त्रिवि पदाधिकारी विरुद्ध विद्यार्थी संगठनले मुद्धा दायर गर्ने
काठमाडौँ, ५ भदौ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले सर्वोच्च अदालतको फैसलाको गलत व्याख्या गरेको भन्दै १३ विद्यार्थी सङ्गठनका नेताहरुले विश्वविद्यालयका पदाधिकारीविरुद्ध आइतबार सर्वोच्चमा मुद्धा दायर गर्ने भएका छन् । विश्वविद्यालयका पदाधिकारीहरुले फैसलालाई गलत व्याख्या गर्दै अदालतको मानहानी गरेको भन्दै उनिहरुले मुद्धा दायर गर्ने भएका हुन् ।
राजधानीस्थित अखिल क्रान्तिकारीको कार्यालयमा बसेको बैठकमा सर्वोच्चको फैसलालाई गलत व्याख्या गर्दै विश्वविद्यालयले २०६६ मङ्सिर १८ गतेभन्दा अघि भर्ना भएका विद्यार्थीहरुलाई समेत बृद्धि गरिएको शुल्क लाद्ने प्रयास गरिएको भन्दै विद्यार्थी सङ्गठनले आपत्ती जनाएका हुन् ।
Labels:
NEWS
Subscribe to:
Post Comments (Atom)
hi ramro lagyo site. best of luck
ReplyDelete